एनआरएनए आईसीसी अध्यक्ष कुल आचार्यविरुद्ध उच्च अदालतमा मुद्दा – Nepal Press

एनआरएनए आईसीसी अध्यक्ष कुल आचार्यविरुद्ध उच्च अदालतमा मुद्दा

लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) का तीन अध्यक्षमध्येका एक अध्यक्ष कुल आचार्यविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।

गैर-आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष पदबाट आफूलाई विधानविपरीत बर्खास्त गरेको भन्दै प्रेम गाहा मगरले अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष आचार्यसहित एनआरएनए आईसीसीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् ।

बेलायतका निर्वाचित अध्यक्षलाई गत १३ सेप्टेम्बरमा अवैधानिक रूपमा पत्र पठाएर बर्खास्त गरिएको जिकिरसहित गाहामगरद्वारा दायर मुद्दामा एनआरएनए अध्यक्ष कुल आचार्य, कार्यकारी अध्यक्ष रबिना थापा, अर्का अध्यक्ष बद्री केसी, महासचिवद्वय डा. केशव पौडेल र गौरीराज जोशी तथा एनआरएनए आईसीसीलाई विपक्षी बनाइएको छ ।

गाहागमरले आफू विधानसम्मत अध्यक्ष निर्वाचित भएको तर आचार्यको निर्देशनमा अवैधानिक रूपमा पदबाट बर्खास्त गरेको भन्ने पत्र पठाएर अपमानित, मानहानी र बेलायतमा रहेका नेपाली समुदाय विभाजित गरेको भनी ५ मार्चमा पुगेर आएर मुद्दा हालेका थिए ।

आफ्नो पद पुनर्वहाली गर्न गाहामगरको माग छ । पूर्वाग्रही ढंगले विधानविपरीत काम गरेर एनआरएनए संस्थालाई आफ्नो स्वार्थअनुकूल प्रयोग गरिएपछि मुद्दा हाल्न बाध्य भएको गाहामगरले बताए ।

गाहामगरले राष्ट्रिय समिति बेलायतको पब्लिक फण्डबाट संकलित झण्डै ४० हजार पाउण्डको हिसाब नदेखाइएको, आर्थिक अनियमितता गरेको, अध्यक्ष कुल आचार्यको निर्देशनमा महासचिवद्वयले नक्कली प्रतिवेदन बनाएर आफूलाई अपमानित एवं समाजमा भ्रम फैलाएको एवं बेलायतको एकत्रित समाजलाई भाँडेको जिकिर गरेका छन् ।

निवदेकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सरोजकृष्ण घिमिरे, रामेश्वर न्यौपाने र रोशनी पौडेलले बहस गरेपछि उच्च अदालत पाटनले गत फागुन २३ मा विपक्षीका नाममा उत्प्रेषण परमादेश जारी गर्दै निवेदक गाहामगरको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने ? जारी हुन नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत राखी १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

-किरण राई


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर