पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणका खेल काठमाडौंमा हुने (भिडिओ) – Nepal Press

पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणका खेल काठमाडौंमा हुने (भिडिओ)

काठमाडौं । पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरणका खेल चैत २२ र २५ गते काठमाडौंमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसिया छनोटको पहिलो चरण अन्तर्गत नेपाल र भियतनामबीचको दुई खेल नेपालमा आयोजना हुने जानकारी गराएको हो । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्र खेल्ने भएको हो ।

समूह ’सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको थियो । तर, यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएको एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भियतनामसँग दुई खेल खेल्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

एसिया छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । छनोटका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले सोमबार नैै ३३ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर