मधेश केन्द्रित चार साना दलद्वारा ‘लोकतान्त्रिक मधेशी मोर्चा’ गठन – Nepal Press

मधेश केन्द्रित चार साना दलद्वारा ‘लोकतान्त्रिक मधेशी मोर्चा’ गठन

जनकपुरधाम । मधेश केन्द्रित चार साना दलले ‘लोकतान्त्रिक मधेशी मोर्चा’ गठन गरेको छ ।

तराई-मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले मोर्चा बनाएका हुन् । चारै दलका अध्यक्षले आज जनकपुरधाममा संयुक्त पत्रकार सम्मेलन गरी मोर्चा गठन गरेको जानकारी गराएका छन् ।

नवगठित मोर्चाले ११ बुँदे साझा अवधारणा-पत्र पनि सार्वजनिक गरेको छ । नागरिकता समस्या समाधान गर्नुपर्ने, पूर्ण समानुपातिक प्रतिनिधित्व, भाषा र संस्कृतिको विशिष्टताको सम्मान, जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने, संविधान संशोधन गर्नुपर्ने लगायतको माग अवधारणा-पत्रमार्फत मोर्चाले अगाडी सारेको छ ।

मोर्चामा आवद्ध दलहरु स्थानीय तहको निर्वाचन दलविहीन हुनुपर्ने मुद्दा पनि सम्बोधन हुनुपर्ने माग राखेको छ । यस्तै मधेश आन्दोलन सम्बन्धी लाल आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न मोर्चाले माग गरेको छ ।

अवधारण–पत्र तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले गरेका थिए । पत्रकार सम्मेलनमा नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुर, राष्ट्रय सद्भावना पार्टीका अध्यक्ष दिनेश यादवलगायत नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।


प्रतिक्रिया

One thought on “मधेश केन्द्रित चार साना दलद्वारा ‘लोकतान्त्रिक मधेशी मोर्चा’ गठन

  1. मधेश केन्द्रित चार साना दलले ‘लोकतान्त्रिक मधेशी मोर्चा’ गठन गरेको छ ।?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर