भारतको एम्समा एमडी र उच्च शिक्षा पढ्ने नेपालीलाई स्टाइपेन्डको व्यवस्था गर्न आग्रह – Nepal Press

भारतको एम्समा एमडी र उच्च शिक्षा पढ्ने नेपालीलाई स्टाइपेन्डको व्यवस्था गर्न आग्रह

काठमाडौ । नेपालबाट भारतको एम्स दिल्ली र एम्स ऋषिकेशबाट मेडिकल क्षेत्रको एमडी र उच्च तहका नेपाली विद्यार्थीले स्टाइपेन्ड नपाएको भन्दै विद्यार्थीले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराएका छन् ।

एम्स दिल्लीका विद्यार्थी तथा भारतका आवासीय नेपाली चिकित्सकका प्रतिनिधि डाक्टर सागर पौडेलले प्रधानमन्त्री प्रचण्डलाई यो बारेमा पत्रमार्फत ध्यानाकर्षण गराएका हुन् ।

भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्रीलाई यो मुद्दा सम्बोधन गर्न ध्यानाकर्षण गराएको पत्रमा उल्लेख छ । नेपालमा अध्ययनरत भारतीय आवासीय डाक्टरले नेपाली समकक्षीसरह स्टाइपेन्ड पाएका भन्दै एम्स भारतमा त्यस्तो नभएको नेपाली डाक्टरहरुको गुनासो छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *