माइक्रोटेक २५ औं वर्षमा : व्यवसायिक भवनहरुमा विश्वस्तरीय मेकानिकल, प्लम्बिङ र इलेक्ट्रिकल तथा एअर कन्डिसनिङ सेवा – Nepal Press

माइक्रोटेक २५ औं वर्षमा : व्यवसायिक भवनहरुमा विश्वस्तरीय मेकानिकल, प्लम्बिङ र इलेक्ट्रिकल तथा एअर कन्डिसनिङ सेवा

कठमाडौं । नेपालमै अन्तर्राष्ट्रिय मापदण्डका विश्वस्तरीय मेकानिकल र इलेक्ट्रिकल सेवा दिन सफल भएको भवन निर्माण सेवा माइक्रोटक एम एण्ड इ प्रालिले रजत उत्सव मनाएको छ ।

२५ वर्षअघि सन् १९९८ मा स्थापना भएको आइएसओ प्रमाणित माइक्रोटेक कम्पनीले व्यवसायिक भवन तथा होटललगायत व्यापारिक भवनहरुमा मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङ सम्बन्धी सबै काम गर्दै आएको छ ।

२५ औं वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा माइक्रोटेकका प्रबन्ध निर्देशक दुर्कमान महर्जनले नेपालमै विश्वस्तरीय सेवा प्रदान गर्नका लागि आफूहरु सफल भएको र यसका लागि कतिपय भारतीय लगायत विदेशी कम्पनीहरुले समेत माइक्रोटेकसँग सहकार्यको हात बढाएको बताए ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले माइक्रोटेकका कारण निर्माण क्षेत्रमा धेरै सहयोग भएको र निर्माण व्यवसायीहरुले विदेशी कम्पनीका अनावश्यक शर्त र आर्थिकभार बोक्न नपरेको बताए ।

माइक्रोटेकले हाउजिङलगायत व्यवसायिक भवन,ठूला सरकारी भवन र होटललगायत ठूला भवन निर्माण संरचनाको सबै भित्री काम गर्नुका साथै आवश्य डिजाइन परामर्श सेवा समेत प्रदान गरिरहेको सिंहले बताए । नेपालमा माइक्रोटेकजस्ता विश्वस्तरीय जनशक्ति तथा सेवा प्रवाह गर्ने कम्पनीको आवश्यकता रहेको उनले बताए ।

कार्यक्रममा विभिन्न भारतीय कम्पनीका प्रतिनिधिहरुले समेत आफ्ना प्रस्तुति दिँदै माइक्रोटकसँग सहकार्य गर्न चाहेका बताए । उनीहरुले माइक्रोटकले उत्पादन गरेका जनशक्ति र उसका डिजाइनहरु भारतलगायत अन्य देशमा समेत कामयाब रहेको बताए ।

काठमाडौंकाे मेरियिट, याक एण्ड यति, हायात, एलफ्ट, सोल्टीलगायतका ठूला होटलहरुको मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङ सम्बन्धी डिजाइनलगायत सबै काम माइक्रोटकले गरेको हो । त्यस्तै टाइगर वान प्यालेस, होटल र्‍याडिसन, सेन्ट्रल बिजनेश पार्क, हाल संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, भाटभटेनी सुपर मार्केटको काम पनि सोही कम्पनीले गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर