भारतीय क्रिकेटरहरुको तलब वार्षिक एक करोडदेखि सात करोडसम्म – Nepal Press

भारतीय क्रिकेटरहरुको तलब वार्षिक एक करोडदेखि सात करोडसम्म

काठमाडौं । भारतको क्रिकेट बोर्ड (बीसीसीआई)ले राष्ट्रिय टिमका क्रिकेटरहरुको नयाँ ग्रेडिङ र पारिश्रमिक सार्वजनिक गरेको छ ।

बीसीसीआईले सार्वजानिक गरेको नयाँ ग्रेडिङ अनुसार ‘ए’ प्लस ग्रेडका खेलाडीले वार्षिक ७ करोड, ए ग्रेडका खेलाडीले ५ करोड, ‘बी’ का खेलाडीले ३ करोड र ‘सी’ ग्रेडका खेलाडीले १ करोड रहेको छ ।

अक्टोबर २०२२ देखि सेप्टेम्बर २०२३ सम्मको सम्झौतामा ग्रेड ए प्लसमा रोहित शर्मा, विराट कोहली, जस्प्रित बुमराह र रबिन्द्र जडेजा छन् ।

ग्रेड ‘ए’ मा हार्दीक पान्ड्या रविचँद्र आस्विन, मोहमद शामी, रिशब पन्त र अक्सर पटेल रहेका छन् ।

ग्र्रेड ‘बी’ मा चेतेस्वर पुजारा, केएल राहुल, श्रेयस आयर, माहमद सिराज, सूर्यकुमार यादव र सुबमन गिल रहेका छन् । भने, ग्रेड ‘सी’ मा उमेश यादव, शिखर धवन, इशान किशन, दीपक होडा, कुलदीप यादव, सन्जु सामसन, अर्सदीप सिंह र केएस बिराट रहेका छन् ।

यस्तै बीसीसीआईले सात खेलाडीलाई केन्द्रीय सम्झौताबाट हटाएको छ । सम्झौता नविकरण नगरिएका खेलाडीहरु अनिन्क्या रहानी, इशान्त शर्मा, भुवनेश्वर कुमार, मायङ्क अग्रवाल, हानुमा विहारी, रिद्दीमन साहा र दीपक चहर हुन् ।

(यसअघि असावधनीवश मासिक हुन गएकोमा सच्याइएको छ- सं)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *