लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाईसँग नयाँ वर्ष २०८० योजना – Nepal Press

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाईसँग नयाँ वर्ष २०८० योजना

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेताले हुन्डाईसँग नयाँ वर्ष २०८० योजना ल्याएको छ ।

आज सोमबार देखि लागु हुनेगरी कम्पनीले ५ लाख रुपैयाँ सम्मको नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँ सम्मको छुट, नयाँ वर्ष बोनस ८० हजार रुपैयाँ सम्म र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्नसक्ने जस्ता आफर सहित योजना सर्वजनिक गरेको हो ।

यसका साथै, गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा समेत प्रदान गरिएको कम्पनीले बताएकको छ । सबै हुन्डाई गाडी ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुने जनाइएको छ ।

कम्पनीले अघिल्लो महिना मात्रै भेन्यू र निओस फेसलिफ्ट भर्जन लञ्च गरेको थियो । यस स्किमबाट हुण्डाईको कुनैपनि ह्याटब्याक, कम्याक्ट एसयुभी, तथा इभी गाडी खरिद गरि फाइदा लिन सक्नेछन् ।

कम्पनीले हाल देशभरी १७ शोरुम तथा १९ सर्भिस सेन्टर मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । सो मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्ने कम्पनीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *