संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकमा असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्ध : मन्त्री शर्मा – Nepal Press

संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकमा असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्ध : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया बिरुद्धको कुरा भएको बताएकी छन् ।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयकप्रति असहमत हुनु शान्ति प्रक्रियाविरुद्धको कुरा भएको बताएकी हुन् । उनले शान्ति प्रक्रियालाई मन नपराउने र शान्ति प्रक्रियालाई बेठिक ठान्नेहरुले यसको विरोध गरेको बताइन् ।

उनले यो विधेयक विगतमा शान्ति सम्झौता गर्नेहरु सबैको साझा विषय भएको बताइन् । उनले यो विषय सबै नागरिक र सबै पार्टीहरुको पनि विषय भएको उल्लेख गरिन् ।

‘यो विषयलाई पूर्ण रुपमा असहमति भन्ने कुरा त शान्ति प्रक्रियाको बिरुद्धको कुरा भयो । हामी शान्ति प्रक्रियाको बिरुद्धमा कि समर्थनमा भन्दा त हामी शान्ति प्रक्रियाको समर्थनमा छौँ । त्यसकारणले गर्दा पूर्ण रुपमा शान्ति प्रक्रिया मन नपराउने, शान्ति प्रक्रियालाई बेठिक छ भन्ने, शान्ति प्रक्रिया हुनुहुन्नथ्यो भन्ने शक्ति त कुनै हुनपनि सक्ला । कसैलाई लाग्न पनि सक्ला’, उनले भनिन्, ‘तर आजको दिनमा संसदभित्र आउँदाखेरी हिजो सम्झौतामा बस्ने सबै राजनीतिक दलको साझा विषय हो । त्यो मात्रै होइन कि हिजो सम्झौता गर्नेहरुको सबैको साझा विषय त हुँदै हो । सँगसँगै शान्ति प्रक्रिया हामी सबै नागरिकको भएको हुनाले सबै नागरिक र सबै पार्टीको साझा विषय हो ।’

उनले विधेयकको सम्बन्धमा राजनीतिक दलहरुका बीचमा सहमति जुटाउने अधिकतम कोसिस हुने बताइन् ।

 


प्रतिक्रिया

One thought on “संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकमा असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्ध : मन्त्री शर्मा

  1. विरोध गर्ने सच्चा शान्तिप्रिय र मुद्दा लाग्ने गरी विधुयक ल्याउने तिमीहरू शान्ति विरोधी हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर