कर्णालीको सातौँ प्रदेश सभा बैठक : कुन सांसदले के भने ? – Nepal Press

कर्णालीको सातौँ प्रदेश सभा बैठक : कुन सांसदले के भने ?

सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य धनश्याम भण्डारीले वीरेन्द्रनगसँग जोडिएको कर्णाली राजमार्गमा हुने दुर्घटनाको न्यूनिकरण गर्नुपर्ने बताएका छन् ।

विगतको समयमा वर्षाले पुर्याएको कर्णाली राजमार्गको सडकमा क्षति, त्यसैमा सडकमा विभिन्न भागहरु अझै पनि जोखिम र धराप बनेको बताए । आज बसेको प्रदेश सभाको बैठकमा उनले भने, ‘यो संघीय सरकारको राजमार्ग हो । यसको सुधार गर्नका लागि चासो दिनुपर्छ । यस राजमार्गमा धेरैले ज्यान गुमाएका छन् । कर्णाली सरकारल शोकको विज्ञप्ती निकाल्नु भन्दा बेलैमा सोच्नु पर्ने आएको छ ।’

यस्तै, पदेश सभा सदस्य भण्डारीले बादीसमुदायका बालबालिकाको शिक्षा सम्बन्धि केही व्यवस्थापनका लागि आवश्यक कार्य योजना निमार्ण गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखे ।

यस्तै, नेकपा एमालेका हुम्लाका प्रदेश सभा सदस्य कलबहादुर हमालले कर्णालीका विद्यार्थीले शैक्षिकसत्र सकिए पनि हालसम्म कुनै किताब नपुगेको दुखेसो पोके । उनले भने, ‘कर्णालीका छोरिहरुले पढन पाएका छैनन् । गरिब, जेहन्दार परिवारका विद्यार्थीहरुलाई छात्रवृति दिालउँनका लागि प्रदेश सरकारसँग आग्रह गर्दछु ।’

साथै हमालले कर्णालीको हुम्ला जिल्लामा सडकको अभाव भएको हुँदा छिटोछरितो रुपमा त्यता तिर प्रदेश र संघ सरकारको ध्यान केन्द्रीत हुन आवश्यक रहेको बताए ।

यस्तै, डोल्पाका प्रदेश सभा सदस्य शेरबहादुर बुढाले कर्णाली प्रदेशका अन्य जिल्ला मध्ये डोल्पा जिल्ला सबैभन्दा फरक रहेको भान महसुस भएको बताए ।

उनले भने, ‘सडक, पुल विद्युत, शिक्षा, स्वाथ्यमा पछाडि रहेको छ । प्रदेश सरकारको ध्यान पनि केन्द्रित गर्न चाहान्छु । अहिले पनि त्यहाँका बिरामीहरुको हेलिकप्टर मार्फत उद्दार गर्नु पर्ने अवस्था छ । डोल्पाका विद्यालयमा वर्षमा ५, ६ महिना पनि पढाइ हुदैन प्रदेश सरकाले बजेट विनियोजन गर्दा यता पनि ध्यान दिनुपर्छ ।’

सांसद गोमता विकले कर्णालीलाई सुनको डल्लो भनिता पनि त्यसलाई गहनाको रुपमा प्रयोग गर्नसक्नु दुःखको कुरा भएको बताइन् । उनले भनिन्, ‘कर्णाली प्रदेशलाई सुनको डल्लो भन्ने गरिन्छ । तर गहनाको रुपमा प्रयोग गरिएको छैन । गाउँगाउँमा सिंह दरबार पुगेको छ भन्ने छ । तर, अझै पनि आम नागरिकले सिंहदरबार आएको अनुभूति गरेका छैनन् ।’

यस्तै, कर्णाली प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रमुख संचेतक रणसिंह परियारले गत भदौमा लामो सयम आएको अविरल वर्षासँगैको बाढीपहिरोले ग्रहसित भएका भौैतिक संरचनाको पुर्ननिर्माण गुर्नपर्ने माग राखे ।

उनले भने, ‘वर्षातले बिनास गरेको बालिनानिमा पुराएको क्षतिपूति पाउने हुन या होइन । सबैभन्दा धेरै सुकुमवासी दलितहरु छन् । सुकुमवासीको पहिचान गरि यसको हल गर्न कर्णाली प्रदेश सरकारले कदम चाल्नुपर्छ ।’

यस्तै, राप्रपाकी सांसद सन्तोषि शाहीले जनातको अवस्था परिवर्तन नहुनुको पछाडि व्यवस्था नै समस्या भएको बताइन् । उनले भनिन्, ‘व्यवस्थाको विकल्प राष्ट्रिय प्रजातन्त्र पार्टीले खोजिरहेको छ । प्रत्यक्ष निर्वाचित प्रधामन्त्री, संघीयताको खारेजी, अभिभावकिय संस्थाको पक्षमा उभिनु भयो। अहिले सत्ता र पद केन्द्रीत गणतान्त्रिक सरकारले जनातको अभिव्यक्तिको संस्वतन्त्रतालाई धजी उठाउदै मुख थुनेर बोलन नपाउने निरकुंश र तानाशाही प्रविधिको शैली अपनाएको छ ।’

यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीकी सांसद कल्याणि खड्काले रुकुमको चौरजाहरी र कालिकोटको सुनथराली विमानस्थल किन ओझेलमा परेका छन् भन्दै प्रश्न गरिन् ।

उनले भनिन्, ‘धेरै जसो सदरमुकाममा सडक सञ्जाल नजोडिएको हुँदा आम नागररिकले सुविधा लिन सकेका छैनन्। निमार्णभिन योजनाहरु जनातले सदुपयोग गर्न पाउँनुपर्छ।’

प्रदेश सभा सदस्य सल्यानका सुरेश अधिकारीले बर्षातका कारण क्षति पुराएको दुर्गम ठाउँमा राहत नभएर सुगम ठाउँमा राहत पाउने गरेको बताए । उनले भने, ‘प्रदेश सकारले रकामान्तर गर्दा सबै सांसदहरुले थाहा पाउने गरेर रकामान्तरण गर्नुपर्दछ ।’

यस्तै, सांसद बिजय बुढाले कर्णाली सरकारले कार्यकतामुखि बजेट विनियोजित हुनु लाजमर्दा भएको बताइन् । प्रदेश सभा सदस्य कृष्णबहादुर विसीले आजको कर्णालीमा भोलिको कर्णालीमा परिर्वतज ल्याउन चुनौति रहेको र जनताको सुशासनको काम सरकारले पुरा गर्नुपर्ने बताए ।

यस्तै, प्रदेश सभा सदस्य तुल्छा मल्लले यातायातमा भएको दादागिरीको अन्त्य गर्नका लागि ऐन, नियम, कानून बनाउएर तत्काल कारबाहीको दायारामा ल्याउनुपर्ने माग राखिन् ।

प्रदेश सभा सदस्य हिक्मतबहादुर बिष्टले प्रदेश सभालाई विजनेस दिनु पर्ने र विजनेस नदिएर अक्रमणरुपमा राख्यो भने त्यसमा प्रश्नहरु उठिरहने बताए । उनले भने, ‘निर्वाचित भएर आएको लामो समय भइसक्दा पनि कुनै पनि विद्येकको बिषयमा छलफल भएको छैन् । प्रदेश सभालाई प्रभाकारी बनाउनु पर्छ। हामी भाषणबाट होइन हाम्रो कामकारवाही जनताले अनुभुत गर्ने काम हामीबाट हुनुपर्छ ।’

साथै विष्टले सुर्खेत–जुम्ला सडकखण्डमा रहेको जाक्सि पुल आदा बनेको र हालसम्म पनि पुरा हुननसकेकोले त्यसतर्फ सरकारको तत्काल ध्यान गएर सुधार गर्नुपर्ने माग राखे ।

स्वतन्त्र सांसद देबेनद्रबहादुर शाहीले कर्णालीका ५ वटा जिल्लाका सडक मर्मत हुनुपर्ने बताए । उनले संघीय सरकारमार्फत उक्त सडकको मर्मत हुनका लागि कर्णाली सरकारको ध्यान आज जरुरी रहेको बताए ।

साथै शाहीले कर्णालीका ४ जिल्लालाई उच्च जोखिम भनेर प्रदेश सरकारले भने पनि तर योजनाका लागि हाल सम्म कुनै बजेट नगएको गुनासो व्यक्त गरे ।

अर्को बैठक चैत १४ गते मंगलबार दिउँसो ३ बजे बस्ने गरी स्थगित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर