नक्कली कागजात बनाएर विदेश पठाउने मेनपावरलाई कारबाही होस् : जयन्ती राई (भिडिओ) – Nepal Press

नक्कली कागजात बनाएर विदेश पठाउने मेनपावरलाई कारबाही होस् : जयन्ती राई (भिडिओ)

काठमाडौं । राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले मेनपावरहरूले मनपरी ढंगले विदेश पठाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै नेकपा एसकी सांसद राईले नक्कली कागजपत्र बनाएर मनपरी गरिरहेका त्यस्ता व्यवसायी संस्थामाथि कारबाहीको माग गरिन् ।

नागरिकलाई सरकारले वैदेशिक रोजगारीमा जाने र सुरक्षितसँग काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा सांसद राईको जोड छ ।

उनले भनिन्, ‘आज वैदेशिक रोजगार व्यवसायिक संस्थाहरुले मनपरी ढंगले विदेश पठाइरहेको छ । विभिन्न खालका कागजपत्र बनाएर, नक्कली कागजपत्र बनाएर पठाइरहेको स्थितिलाई सरकारले निगरानी राख्नुपर्छ कि पर्दैन ? उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ की पर्देन ? जे गर्दा पनि खुला रूपले भइरहेको छ । यो ढंगले यसको दुःख र कष्ट आज गरिब, निमुखा जनताले भोगिरहेका छन् ।’

सरकारले वैदेशिक रोजगारीमा जानेलाई सुरक्षित र स्वतन्त्र ढंगले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने साथै स्वदेशमा नै उद्योगधन्दा खोलेर रोजगारी सिर्जना गर्नुपर्ने राईको माग थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर