पूर्णबहादुर खड्काको प्रष्टीकरण- मन्त्री नबन्ने अडानमा छु तर पार्टीले पठाए जानुपर्छ (भिडिओ) – Nepal Press

पूर्णबहादुर खड्काको प्रष्टीकरण- मन्त्री नबन्ने अडानमा छु तर पार्टीले पठाए जानुपर्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई तीन दिन भित्रमा सरकारले पूर्णता पाउने दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकपछि उनले गठबन्धनको बैठक बसेर छलफल भइरहेको बताए ।

उनले भने, ‘कहीँ अड्केको छैन । छलफल हुँदैछ । गठबन्धनमा धेरै दल सहभागी हुनुभएको छ । अहिले छलफल हुँदैछ । सबै दलका नेताहरुसँग प्रधानमन्त्री परामर्श गर्दै हुनुहुन्छ ।’

उनले कांग्रेसबाट आफ्नो नेतृत्वमा सरकारमा जाने भनेर कुनै निर्णय नगरेको बताए ।

उनले भने, ‘अहिलेसम्म कुनै निर्णय भएको छैन । सञ्चारमाध्यमले लेख्ने र बोल्ने कुरा त्यो तपाईंहरुको कुरा अधिकारको कुरा भयो । सबै छलफल भइरहेको छ । कांग्रेसबाट कसले नेतृत्व गर्ने भन्ने अहिलेसम्म कुनै निर्णय भएको छैन ।’
उनले गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको बिषयलाई कुनै विवाद नरहेको बताए ।

पार्टी सभापतिले तपाईंको नेतृत्वमा सरकारमा जाने कुरा गर्नुभएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘सभापतिजीको कुरा तपाईंले उहाँलाई नै सोध्नुस् । उहाँ छलफलमा हुनुहुन्छ । हामीले एउटा मापदण्ड बनाएका छौं । तपाईंहरुले सुनेको कुरा सबै असत्य पनि भन्दिनँ छलफल भएको छ । तर, विभिन्न कोणबाट छलफल भएको छ । पार्टीलाई एकताबद्ध हुनेगरी सभापतिजीले निर्णय गर्नुहुन्छ ।’

उनले पार्टीलाई एकताबद्ध भएर पाँच बर्ष गठबन्धनलाई अगाडि लाने उनको भनाइ छ ।

उनले भने, ‘पार्टीले औपचारिक रुपमा निर्णय गरिसकेपछि मात्रै कसको नेतृत्वमा सरकारमा जाने भन्ने कुरा मैले भन्न मिल्छ । पार्टीले जसलाई पठाउँछ त्यो जानुपर्छ। व्यक्तिको रोजाइले हुँदैन । अहिले होइन ७ वर्षअघि मैले अर्घखाची गएर धेरै मन्त्रालयको मन्त्री भए अब मन्त्री बन्दिनँ बनाउने अभियानमा लाग्छु । मन्त्रीभन्दामाथि जनताको जिम्मामा छ । तर, मन्त्री बन्दिनँ। अहिले पनि त्यही अडानमा कायम छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर