चैते दशैँमा सार्वजनिक बिदा दिने गण्डकी सरकारकाे निर्णय – Nepal Press

चैते दशैँमा सार्वजनिक बिदा दिने गण्डकी सरकारकाे निर्णय

पोखरा । गण्डकी प्रदेश सरकारले चैते दशैँको अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश मन्त्रीपरिषदको २०७८ चैत १२ गतेको निर्णयअनुसार यसवर्षको चैते दशैँमा पनि सार्वजनिक बिदा दिएको हो । यस वर्षको चैत्र शुक्ल अष्टमी(चैते दशैँ) चैत १५ अर्थात आउदो वुधबार परेको छ ।

चैत्र शुक्ल अष्टमी(चैते दशैँ) को अवसरमा प्रदेशस्थित सबै सरकार तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव चण्डिका पौडेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *