स्थगित क्याम्पसमा स्ववियु निर्वाचन गर्न आवश्यक पहलकदमीका लागि अनेरास्ववियुको ध्यानाकर्षण – Nepal Press

स्थगित क्याम्पसमा स्ववियु निर्वाचन गर्न आवश्यक पहलकदमीका लागि अनेरास्ववियुको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले त्रिभुवन विश्वविधालयमा निर्वाचन सम्पन्न हुन बाँकी क्याम्पसहरुको निर्वाचन सम्पन्न गर्न आवश्यक पहलकदमी लिन त्रिविका शिक्षाध्यक्ष एवम् विश्वविधालयको स्ववियु निर्वाचन अनुगमन समितिको संयोजकमार्फत् ध्यानकर्षण जनाएको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालको नेतृत्वले स्ववियुको निर्वाचन गराउँन ध्यानाकर्षण गराएका हुन् । आजसम्म ४४ वटा आंगिक क्याम्पसहरुमा निर्वाचन सम्पन्न भएर निर्वाचन परिणाम समेत आईसकेको छ र करिब ३०० वटा अन्य क्याम्पसहरुको निर्वाचन सम्पन्न भएको उल्लेख गरेका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, ‘विश्वविद्यालयको प्रत्यक्ष सङ्लग्नतामा सम्पन्न हुनु पर्ने उपत्यकाका महत्त्वपूर्ण ७ आंगिक क्याम्पसहरु र उपत्यका बाहिरका १० आंगिक क्याम्पसहरुमा अन्य सबै क्याम्पसमा निर्वाचन सम्पन्न हुदा पनि निर्वाचन सम्पन्न हुन नसक्नु दुःखद विषय बनेको छ ।

घोषणा भएका क्याम्पसहरुमा निर्वाचनको जिम्मा लिएका विश्वविद्यालयका निर्वाचन अधिकृतहरुको गैरजिम्मेवार पूर्ण रबैया, सरकारको सुरक्षा लापरबाही र सरकार समर्थित गठबन्धन दलका प्रति छाया विद्यार्थी संगठनहरुको तालाबन्दीले नै मुलुकको धेरै विद्यार्थी अध्ययन गर्ने महत्तवपूर्ण आङ्गिक क्याम्पसहरुको निर्वाचन सम्पन्न हुन नसकेको अनेरास्ववियुको बुझाई छ ।’

तत्काल निर्वाचन हुन बाकी १७ वटै आङ्गिक क्याम्पसहरुको निर्वाचन सम्पन्न गर्न सर्वपक्षीय बैठक बोलाएर निर्वाचन कार्यतालिका प्रकाशित गरी निर्वाचन सम्पन्न गर्न अग्रसरता लिई दिनुहुन विश्वविद्यालयका शिक्षाध्यक्ष स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक मार्फत हामी विश्व विद्यालय प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।

आज विश्व विद्यालयको अग्रसरतामा लामो समयपछि स्ववियु निर्वाचन सम्पन्न हुँदा विद्यार्थी आन्दोलनप्रति थप आकर्षण पैदा भएको र विद्यार्थी आन्दोलनमा थप इटा थपेको उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर