दुई दिनभित्र कांग्रेस नेतृत्वमा सरकार बन्ने लुम्बिनी सभापति पुनको दाबी – Nepal Press

दुई दिनभित्र कांग्रेस नेतृत्वमा सरकार बन्ने लुम्बिनी सभापति पुनको दाबी

रूपन्देही । लुम्बिनी प्रदेशमा रहेको एमाले नेतृत्वको सरकारलाई समर्थन दिएका दलहरूले फिर्ता लिन थालेसंगै कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन गृहकार्य थालेको छ ।

आइतबार माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि लीला गिरीको सरकार अल्पमतमा परेको छ ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आजै गिरीमाथिको समर्थन सबै दलले फिर्ता लिएर २ दिनभित्र कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीको नेतृत्वमा सरकार बन्ने दाबी गरे ।

उनले मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्ने विश्वास जनाए ।

लुम्बिनीमा जम्मा ८७ जना सांसद छन् । ५४ जना सांसदहरूले चौधरीलाई समर्थन गरेको सभापति पुनको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर