मेरा सहकर्मी र मातहतका प्रहरी कर्मचारीप्रति मबाट पूर्वाग्रह रहनेछैन: महानिरीक्षक कुँवर – Nepal Press

मेरा सहकर्मी र मातहतका प्रहरी कर्मचारीप्रति मबाट पूर्वाग्रह रहनेछैन: महानिरीक्षक कुँवर

काठमाडौं । नवनियुक्त महानिरीक्षक बसन्तबहादुर कुँवरले आफ्नो कार्यकालमा कुनै पनि प्रहरी कर्मचारीमाथि पूर्वाग्रह नराखी काम गर्ने बताएका छन् ।

महानिरीक्षकको फुली लगाएपछि सम्बोधन गर्दै कुँवरले भने, ‘हरेक प्रहरी कर्मचारीका लागि सेवा सुरु गर्दैखेरी सर्वोच्च पदमा पुग्ने चाहना हुन्छ । तर, यो गौरवको क्षणमात्र नभएर गम्भीर जिम्मेवारीबोधको समय पनि हो । मलाई सुम्पिएको यो जिम्मेवारी मेरा सहकर्मी र मातहतका कुनै पनि कर्मचारीमाथि पूर्वाग्रहको भावनाबाट मुक्त भएर निष्पक्ष कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

नवनियुक्ति महानिरीक्षक कुँवरलाई गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न लगाइएदिएको हो ।

नेपाल प्रहरीमा महानिरीक्षकले नै गुट बनाएको भन्दै पछिल्लो समय आलोचना हुने गरेको थियो । आजबाट कार्यभार सुरु गरेका कुँवर करिब २ वर्ष महानिरीक्षक रहनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर