अर्थतन्त्र सुधार गर्न निजी क्षेत्र र सरकारबीच हातेमालो जरुरी : सभामुख – Nepal Press

अर्थतन्त्र सुधार गर्न निजी क्षेत्र र सरकारबीच हातेमालो जरुरी : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरले मुलुकको अर्थतन्त्रमा देखिएको समस्याका विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको पाँचौ साधारणसभा उद्घाटनको क्रममा घिमिरेले व्यवसायीहरूका समस्या समाधानका लागि सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने बताए ।

उनले उद्योगी व्यवसायीहरूको समस्या र मागको विषयमा सभामुखले गर्न सक्नेसम्मको काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

महासंघका अध्यक्ष कुमार कार्कीले पछिल्लो समय उद्योगी व्यवसायीहरूका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा ध्यानाकर्षण गराएका छन् । उनले बैंक कर्जाको ब्याजदर सरकारले एकल अंकमा ल्याउनु पर्ने र विदेशीने युवाहरुलाई देशभित्र नै रोजगारी दिनको लागि स्वरोजगारमूलक तालिमको व्यवस्था गर्न पनि माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर