मिसन ग्रासरुटअन्तर्गत एमाले पर्वत-काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रम – Nepal Press

मिसन ग्रासरुटअन्तर्गत एमाले पर्वत-काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रम

काठमाडौं । नेकपा एमाले पर्वत-काठमाडौं सम्पर्क मञ्चले ‘समृद्ध नेपाल सुखी नेपालीको यात्रामा मिसन ग्रासरुट’ सम्बन्धी प्रशिक्षण तथा कार्यशाला सम्पन्न गरेको छ ।

बालाजुस्थित गोर्खा प्यालेसमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पार्टीका उपमहासचिव एवं गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विगतमा एमालेको इमानदार भूमिकाले गर्दा पहिलो र दोस्रो शान्तिपूर्ण जनआन्दोलन सफल भएको, ५१ सालको एमाले सरकारजस्तै अहिले जनमुखी काम गर्ने सरकारको खाँचो रहेको बताए ।

एमालेको पहलमा संविधान जारी हुन सकेको, भारतीय नाकाबन्दीको एमालेले डटेर सामना गरेकोलगायत अब जनपक्षीय काममा पार्टीका दायित्वबारे गुरुङले आफ्नो भनाई राखेका थिए ।

‘समृद्ध नेपाल, सुखी नेपालीको यात्रामा मिसन ग्रासरुट’ विषयमा ग्रामीण विकास विज्ञ डा. योगेन्द्र रिजालद्वारा प्रस्तुत कार्यपत्रमाथि सेवा निवृत्त सहसचिव देवेन्द्र लामिछाने र प्रा. डा. प्रेम शर्माले टिप्पणी गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य एवं एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले पर्वत-काठमाडौं सम्पर्क मञ्चको कार्य निकै रचनात्मक भएकोले यस्ता नवीनतम राजनीति बहसको निरन्तरतामा जोड दिए ।

सम्पर्क समन्वय कमिटीका सचिव इन्द्र भण्डारीले मिसन ग्रासरुटको आवश्यकताबारे प्रकाश पर्दै यसमा राजनीतिक बहसमा विकास तथा योजना जोडेर कार्यक्रम गर्ने मञ्चको कार्यमा प्रशंसा जनाए ।

मञ्चका अध्यक्ष शिव पौडेलको अध्यक्षतामामा सम्पन्न कार्यक्रममा मिसन ग्रासरुटका प्रतिनिधि, समन्वय कमिटीका सदस्य, गण्डकी प्रदेश सम्पर्क कमिटीका अध्यक्षलगायत सहभागी थिए ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भरत पौडेलले राखेका थिए । उपसचिव शोभा सापकोटाको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर