वसन्तबहादुर कुँवरले लगाए आईजीपीको फुली (भिडिओ) – Nepal Press

वसन्तबहादुर कुँवरले लगाए आईजीपीको फुली (भिडिओ)

काठमाडौं । सरकारले नवनियुक्त महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।

गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव विनोदप्रकाश सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

चैत १० गतेदेखि २९ औँ आईजीपी धिरजप्रताप सिंहले अनिवार्य अवकाश पाएपछि नयाँ आईजीपी नियुक्त भएका हुन् । कुँवरले आईजीपी नियुक्त हुनु २ दिनअघि मात्रै चैत ८ गते तत्कालीन प्रहरी महानिरीक्षक सिंहबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) को दर्ज्यानी चिन्ह लगाएका थिए ।

कुँवरसँगै एआईजीपी टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले पनि चैत ८ गते नै एआईजीपीको दर्ज्यानी चिन्ह लगाएका थिए । प्रहरी महानिरीक्षको प्रतिस्पर्धामा उनीहरू ४ जना पनि थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर