दुई दशक लामो इतिहास बोकेको गीत ‘झरनाको चिसो पानी’ को रिमेक, राजु लामाले दिए स्वर – Nepal Press

दुई दशक लामो इतिहास बोकेको गीत ‘झरनाको चिसो पानी’ को रिमेक, राजु लामाले दिए स्वर

काठमाडौं। ‘झरनाको चिसो पानी’ गीत नगुनगुनाउने नेपाली सायदै भेटिएलान् । गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुन्दै आएका गीतका पारखीहरूले अब यो गीत अन्य दुई गायक गायिकाको स्वरमा सुन्न पाउने भएका छन् ।

दुई दशक भन्दा लामो इतिहास बोकेको गीतकार तथा गायक सुरेश अधिकारीको यो गीत यतिखेर नयाँ स्वरमा बजारमा आएको छ ।
सगरमाथा डिजिटल प्रा.लीले गीतलाई रिमेक गरेको हो । जसमा गायक राजु लामाले स्वर दिएका छन्। यो गीत गायिका मेलिना राईको स्वरमा पनि सुन्न सकिनेछ।

सार्वजनिक गीतमा सङ्गीत संयोजन योगेश काजी शाहले गरेका छन् भने मिक्सिङ्ग ,रेकर्डिङ र मास्टरिङ्ग पवन विश्वकर्माले गरेका हुन् ।

गीतकार अधिकारीको शब्द रचनामा सजिएको यस गीतमा नीरज कुमार सुनारको सङ्गीत रहेको थियो । कम्पनीले अहिले गीतमा एरेन्ज मात्रै बदलेर रिमेक गरिएको जानकारी दिएको छ ।

‘सबै गीतको रिमेक हुने भाग्य हुँदैन, यो उत्कृष्ट गीत भएकाले रिमेक गरिएको हो,’ कम्पनीका अध्यक्ष हिरा केसीले बताए । गीत रिमेक गर्न रचनाकार, सङ्गीतकार तथा गायक सबै पक्षसँग अनुमति पाएको उनको भनाइ छ ।

मौसम हिमाली निर्देशित यस भिडियोलाई अनिल के मानन्धरले निर्माण गरेका हुन् । भिडियोमा अभिनेता पुष्प खड्का र ललना चिमरियाले अभिनय गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर