चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली – Nepal Press

चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली

काठमाडौं । चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न १५ औँ साधारण सभाले पराजुलीको नेतृत्वमा पदाधिकारीसहित नयाँ नेतृत्व चयन गरेको हो ।

निर्देशक तथा कलाकार उत्तम केसीका अनुसार उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट, सह कोषाध्यक्षमा राज बस्न्यात सर्वसम्मत भएका छन् ।

यसैगरी, सदस्यहरूमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सव केसी, अमृतमान महर्जन चयन भएका छन् भने सह सदस्यमा भने सीमा गुरुङ र रामकुमार श्रेष्ठ चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *