नेपाल कमर्स क्याम्पसको स्ववियु निर्वाचन अवरुद्ध- मतपत्र च्यात्ने नेविसंघका तीन कार्यकर्ता पक्राउ – Nepal Press

नेपाल कमर्स क्याम्पसको स्ववियु निर्वाचन अवरुद्ध- मतपत्र च्यात्ने नेविसंघका तीन कार्यकर्ता पक्राउ

काठमाडौं । नेपाल कमर्स क्याम्पस मिनभवनमा स्ववियु निर्वाचनका लागि मतदानका लागि विद्यार्थी लाइन बसिरहेका बेला सत्तारुढ गठबन्धनका विद्यार्थीले मतपत्र च्यातेका छन् ।

मतपत्र च्यातिएपछि बिहान ८ बजेदेखि लाइनमा बसेका विद्यार्थीलाई प्रहरीले तितरबितर पारेको छ । मतदान स्थलमा खटिएका प्रहरी निरीक्षकले मतपत्र च्यात्ने तीन जनालाई पक्राउ गरिएको बताए ।

माथिको आदेश भन्दै कलेजमा खटिएका प्रहरीले मतदानमा जान लागेका विद्यार्थीलाई रोकेका छन् । सत्ता गठबन्धन आबद्ध विद्यार्थी संगठनहरुले मतदानमा अवरोध सिर्जना गरेका छन् ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले गठबन्धन गर्दा पनि चुना हार्ने भएपछि सत्तापक्षले प्रहरी लगाएर मतदान रोकेको बताए । प्रहरीले अहिले कलेजभित्र कसैलाई छिर्न दिएको छैन ।


प्रतिक्रिया

One thought on “नेपाल कमर्स क्याम्पसको स्ववियु निर्वाचन अवरुद्ध- मतपत्र च्यात्ने नेविसंघका तीन कार्यकर्ता पक्राउ

  1. प्रचण्डको संगतले नेविसंघले पनि मत पत्र च्यात्ने कला सिके छ । जसको पार्टी लोकतन्त्रको दुहाइ दिन थाक्दैन उसैका कार्यकर्ताले मत पत्र च्यात्ने हरे काँग्रेसीहरूको दुर्दशा । बिना गठबन्धन एक कदम चल्न नसक्ने अनि कुरा भने ठूला गर्ने लाज पचेकाहरू ।

Leave a Reply to Janak Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर