माओवादीले भन्यो- कोशी प्रदेशको सरकार तत्काल परिवर्तन हुँदैन, मध्यावधि चुनावतर्फ जाँदैनौं (भिडिओ) – Nepal Press

माओवादीले भन्यो- कोशी प्रदेशको सरकार तत्काल परिवर्तन हुँदैन, मध्यावधि चुनावतर्फ जाँदैनौं (भिडिओ)

विराटनगर । नेकपा माओवादी कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले कोशी प्रदेश सरकारमा तत्काल नया सक्ता समीकरण परिवर्तन नहुने बताएका छन् ।

उनले अहिलेसम्म माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सोच नभएको बताए ।

उनले केन्द्रमा जुनसुकै सत्ता समीकरण बने पनि कोशी प्रदेशमा फरक खाले अंकगणित भएकाले अहिले नै नयाँ सरकार र समीकरणका बारेमा केन्द्रले कुनै निर्देशन नदिएको बताए ।

उनले भने सत्ता समीकरणका बारेमा केन्द्रले चासो राखे पनि यस विषयमा केन्द्रबाट कुनै दबाब आएको बताए । दलका नेता आङ्वोले सभामुखले राजीनामा दिने र मध्यावधि निर्वाचन हुने कल्पना पनि नगरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर