माधव नेपालको गृहजिल्ला रौतहटबाट प्रदेश र जिल्ला कमिटीका नेताहरु एमालेमा फर्किए – Nepal Press

माधव नेपालको गृहजिल्ला रौतहटबाट प्रदेश र जिल्ला कमिटीका नेताहरु एमालेमा फर्किए

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटबाट मधेस प्रदेश सचिवालय सदस्य महम्मद कलिमुल्लाह, अमर आले र बाबुराम दहालसहित नेताहरु एमालेमा फर्किएका छन् ।

मिसन ग्रासरुट अभियान चलिरहेका बेला उनीहरुसहित जिल्ला सदस्य मधुसुदन धिताल, पूर्वगाविस अध्यक्ष शम्भुप्रसाद गुप्ता, नागेन्द्र चौरसिया, विनोद चौधरीसहित दर्जनौं जिल्ला कमिटी सदस्य र गरुडा नगर कमिटी अध्यक्षसहित प्रायः सबै सदस्यहरु एमालेमा फर्किएका पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेलले बताए ।

सोही अवसरमा चपुर नगर कमिटीका सदस्यहरु पनि एमालेमा फर्किएको मिसन ग्रासरुटका क्रममा रौतहटमा रहेका पौडेलले बताए । नेकपा एमाले पोलिटब्युरो सदस्य पौडेलको उपस्थितिमा लामो छलफल गरी उनीहरु एमालेमा फर्किएको विज्ञप्तिमार्फत जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर