नेकपा ब्युँताउने पक्षमा माधव नेपाल, ओलीलाई सोधे- पार्टी एकताको लागि तयार हो ? (भिडिओ) – Nepal Press

नेकपा ब्युँताउने पक्षमा माधव नेपाल, ओलीलाई सोधे- पार्टी एकताको लागि तयार हो ? (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेरि नेकपा ब्युँताउन प्रस्ताव गरेका छन् । उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेकपा ब्युँताउन प्रस्ताव गरेको बताए ।

पार्टी भूपू सैनिक तथा प्रहरीको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मेरो कुराकानी भयो । मैले उहाँलाई पनि भने हाम्रो पुरानो पार्टी नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ ?’

राष्ट्रपतिको चर्चा चलिरहेको बेलामा पनि नेकपा ब्युँताउन प्रचण्ड सहमत भएपछि ओलीलाई प्रस्ताव राख्दा कुनै चासो नराखेको उनले बताए ।

उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रश्न गर्दै भने, ‘अब के चासो राख्न तयार हो त ? त्याग गर्न तयार हो त पार्टी एकताको लागि ? ल ठीक छ, पार्टी एकताको लागि को-कोले के-के त्याग गर्नुपर्ने हो तयार हुनुपर्‍यो !’

नेकपाले दुईतिहाइ बहुमत प्राप्त गर्दासमेत जोगाउन नसकेको उनले बताए ।


प्रतिक्रिया

6 thoughts on “नेकपा ब्युँताउने पक्षमा माधव नेपाल, ओलीलाई सोधे- पार्टी एकताको लागि तयार हो ? (भिडिओ)

  1. अब सकिन लागेको माधवलाई बोक्न के को नेकपा ? अब माधव र प्रचण्ड एकैपटक सकिदैछन् । तिनलाई बचाउन आश्यक नै छैन एमालेलाई । एकपटक बाबुराम, माधव र प्रचण्ड एक हुन्छन र सकिन्छन् । यी खेतालालाई एमालेमा हुल्ने कल्पना पनि नगरोस एमालेले । यी दुषित छन र यिनको फ‍ोहोरले पार्टीमा रोग फैलिन्छ । एमालेको त अब यी विना चाहिँ उज्जवल भविष्य देखिन्छ । अब एमालेलाई रोक्ने ताकत भएको कुनै माईकालाल छैन । देउवाले काँग्रेस सिध्याएर मात्र विश्राम लिन्छन् । एमालेको भविष्य उज्जवल छ । प्रचण्डलाई अप्ठ्यारोमा पारें भनेर खुशी भएर आज बहकिएका हुन् माधव । हेरौंला माधव र देउवा जस्ता नैतिकता नभएका र पद भनेपछि जे गर्न पनि तयार हुनेलाई बोके सरकार चलाएको प्रचण्डले । एमालेले त रमिता हेर्ने हो अब यी खेतालाको ।कहाँ गयो प्रचण्डको १० गते ? कुन महिनाको १० गते भनेको ? सरकार बनाउनु पर्दैन ?

    1. राष्ट्रपति चुनाव अगाडि ओली सहमत भएको भए यो तर्कको प्रभाव र आधार देखिन्थ्यो। तर एमालेमा ओली नेतृत्व हुन्जेल यो सम्भावना छैन। ओली नेतृत्व नभएको एकदुई महिनामै एमालेका नेताहरू हिजो नेतृत्वले गल्ती गरेकै हो भन्दै क्षमायाचनासहित मिल्न आउँछन्। अहिले नै माधव नेपालले हतार गर्नुपर्दैन।

      1. तहि भएर माकुने र प्रचन्डे कुपुत्र ले पहिलाको भन्दा धेरै सिट ल्याको होला ।।।। दुखी आत्मा को टिप्पणी ।।। कठै बरि

  2. बिदेशीको आदेश र निर्देशनमा पार्टी तहस नहस् पार्ने पात्रले यी कुरा गरेको पटक्कै सुहाउन्न । माधब कमरेड मैले तपाइलाइ धेरै पहिले चिन्नु पथ्र्यो । २०४२ मै । त्यतिबेला मैले पाएको सुचना ठीक रहेछ , तर मैले बिश्वास गरिन । उल्टै मैले सीपी कमरेडसंग यस्ता कुरा आएका छन् केहो भनेर सोध्दा, उहाँले “हेर्नुहोस् यस्ता कुरा आइरहन्छन् तर हामीले मतलब राख्न हुन्न ” भन्नुभयो । मैले कुरा बिर्सिन चाहिन । यस्तैगरी मैले गौर जेलमा मोदनाथ प्रश्रितलाइ भेटेर सोधें उहाँले पनि यस्ता कुरा हाम्रा मन बिचलित गराउन आइरहन्छन् । यस्ता कुरालाइ ध्यानदिन नहुने बताउनुभयो । मेरो मनमा चिसो परिरहेकै थियो त्यसैले मैले बिस्नु रिजाल बेलायत आएकाबेला माधबजी प्रधानमंत्री थिए, बिस्नु रिजाल उनको प्रेस सल्लाहकार, सोधें । उनले त झन मलाइ “हत कमरेड यस्ता कुरा पनि गर्ने हो” भने । मलाइ सैह्य नभएर त्यतिबेलाका बीबीसीका भगिरथ योगीसंग प्रसंग उठाए । योगीको जवाफ थियो । खै काम त अहिले भारतको रबर स्टाम्प जस्तै गरेका छन् । मैले भन्दा त तपाइलेनै उनलाइ नजिकबाट चिन्नुहुन्छ भने ।

    https://www.wenepali.com/2023/03/89640.html

  3. नेकपा बिउताउने हाेईन, नयाँ परिस्थितिमा पार्टअं एकता थर्नुहाेस

  4. एकता पो रे फेरी? के को निमित्त होला नि? सबै कुरा सिध्याई सके पछी काँग्रेस सँग पो गर्नु त एकता -उसलाई धोखा दिन मिल्छ र?

Leave a Reply to raju dai Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर