कोर्स चेञ्ज गरेर राष्ट्रपति बन्नसक्थ्यौं, तर धोकेबाज बन्न चाहिनँ : माधव नेपाल (भिडिओ) – Nepal Press

कोर्स चेञ्ज गरेर राष्ट्रपति बन्नसक्थ्यौं, तर धोकेबाज बन्न चाहिनँ : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले चाहेको भए राजनीतिक कोर्स परिवर्तन गरेर भएपनि राष्ट्रपति हुनसक्ने तर अस्वीकार गरेको बताएका छन् ।

पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको बैठकलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनमा आफ्नो पार्टी निर्णायक भूमिकामा रहेको दाबी गरे ।

उनले भने, ‘मैले अस्तिको मिटिङमा भनेको थिए । ख्याल रहोस् । अहिले गठबन्धनमा १० वटा छ । म प्रधानमन्त्री भएको बेलामा २२ वटा पार्टीलाई एकताबद्ध बनाएर प्रधानमन्त्री भएको मान्छे । अहिले १० वटा पार्टी हुँदैमा आत्तिनुपर्ने छैन । साथ दिनेहरूलाई मिलाएर लाने हो ।’

उनले कांग्रेस र माओवादीलाई धोका दिएर राष्ट्रपति बन्न नचाहेको बताए ।

उनले भने, ‘हामीले चाहेको भए कोर्स चेञ्ज गरेर राष्ट्रपति बन्नसक्थ्यौं । तर, के हुन्थ्यो थाहा छैन । एकीकृत समाजवादी र माधव नेपाल धोकेबाज होइन । कांग्रेस र माओवादीलाई पनि धोका दियो भन्ने हुन्थ्यो । इज्जत र प्रतिष्ठाभन्दा ठूलो केही छैन । राष्ट्रपति पाउनु कुनै ठूलो कुरा थिएन । मैले धोका दिने ढंगले अघि बढ्न चाहिनँ ।’

उनले आफ्नो पार्टीले गठबन्धनमा सम्मानजनक भूमिका पाउने बताए । एमाले नेतृत्वमा रहेको अहंकारको कारणले प्रतिनिधिसभाको निर्वाचनमा केही धक्का खाएको नेपालको जिकिर थियो ।

ओलीलाई लक्षित गर्दै उनले भने, ‘त्यो अहंकारले गर्दा सबैलाई बेवास्ता भयो । प्रचण्ड प्रधानमन्त्री हुने अवस्था बन्यो । हाम्रो पार्टीलाई कुनै वास्ता भएन । सरकारमा सहभागी बन्नका लागि एकपटक पनि बोलाइएन । जब आफ्नो हातबाट जम्मै फुत्किने अवस्था भइसकेपछि बल्ल दौडधूप सुरू भयो । त्यहाँ भित्रपनि कसैकसैले हल्ला गरेजस्तो एकीकृत समाजवादीका नेतालाई राष्ट्रपति बनाउन तयार भएपनि नबनेपछि हामी के गरौं ? गलत कुरा हो । कुनै आधिकारिक प्रस्ताव आएको छैन । तर, बजारमा माधव नेपालले राष्ट्रपति मागेका थिए । मैले हुन्छ त भनेको थिएँ शेरबहादुरको पाउमा लम्पसार परे । यस्तो झूटो प्रचार गरेपछि दम्भ र अहंकारले नोक्सान पुर्‍याएको होइन ?’


प्रतिक्रिया

4 thoughts on “कोर्स चेञ्ज गरेर राष्ट्रपति बन्नसक्थ्यौं, तर धोकेबाज बन्न चाहिनँ : माधव नेपाल (भिडिओ)

  1. धोकाको कुरै होईन विदेशीको आदेश पालना गरेर छोडेको हो । तिमीहरूको कुनै निर्णय आफ्नो होईन । तिमीहरू त विदेशीका खेताला हौ । ज्याला लिएर लगाएको काम गर्ने ।

  2. प्रतिक्रियावादिहरुको गुलामी चलिरहेकै छ। आदेश पालना गरेकोमा दुई थान मन्त्री कसो नदेलान र ? जनता र पार्टीलाई धोखा दिएको नै हो। तमाम कार्यकर्तालाई बिचल्ली पारिएकै छ। कार्यकर्ताज्यु हरुको पनि बुद्धि पलाउला नै समय घर्किदै गएपछी। झलनाथ खनाललाई नै प्रस्ताव गरेको भए के हुन्थ्यो नि माकु नेपाल ज्यु? कि सम्धी हुनुपर्‍यो कि ज्वाइँ हुहुपर्‍यो है न त !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर