नि:शुल्क रुपमा ‘भेरीफाइड’ एकाउण्टबाट ‘ब्लु टिक’ हटाउँदै ट्विटर – Nepal Press

नि:शुल्क रुपमा ‘भेरीफाइड’ एकाउण्टबाट ‘ब्लु टिक’ हटाउँदै ट्विटर

काठमाडौं । ट्विटरले नि:शुल्क रुपमा भेरीफाइड भई ‘ब्लु टिक’ मार्फत आधिकारिकता प्राप्त गरेका एकाउण्टका ‘ब्लु टिक’ हटाउने घोषणा गरेको छ ।

ट्विटरका आनुसार आगामी अप्रिल एक देखि लागु हुने गरी उक्त घोषणा गरेको हो । ट्विटरको फ्ल्यागसिप सब्क्रिप्सन नितीलाई प्रभावकारी बनाउनका निमित्त उक्त घोषणा गरिएको हो ।

‘अप्रिल १ मा, हामी हाम्रो लिगेसी प्रमाणित कार्यक्रम बन्द गर्न र लिगेसी प्रमाणित चेकमार्कहरू हटाउन सुरु गर्नेछौं। ट्विटरमा तपाईंको निलो चेकमार्क कायम राख्न, ट्विटर ब्लूको लागि साइन अप गर्न सक्नुहुन्छ। ‘ ट्विटर ब्लू सशुल्क सदस्यता-आधारित कार्यक्रम हो ।

विश्व प्रसिद्द धनाढ्य व्यक्ति एलन मस्कले ट्विटरको स्वामित्व लिएसँगै सशुल्क सदस्यता कार्यक्रम सुरु गरिएको थियो। यसअघि चर्चित व्यक्तित्व, राजनीतिज्ञ, पत्रकार र सार्वजनिक व्यक्तित्वको एकाउण्टलाई नि:शुल्क रुपमा ‘ब्लु टिक’ सहित प्रमाणिकरण गर्न मिल्ने व्यवस्था थियो ।

अब भने उक्त ‘ब्लु टिक’ का लागि शुल्क तिर्न पर्ने हुन्छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार ट्विटर ब्लू अब विश्वव्यापी रूपमा उपलब्ध रहेको छ र प्रयोगकर्ताहरूले वेब ब्राउजर मार्फत साइन अप गरेमा प्रति महिना $७ मा ब्लू भेरिफाइड प्राप्त गर्न सक्नेछन् ।

यसरी भेरिफाइड भएका एकाउण्टका प्रयोगकर्ताले कुराकानीमा प्राथमिकताबद्ध श्रेणीकरण, बुकमार्क फोल्डर, कस्टम नेभिगेसन, ट्वीट सम्पादन लगायतका सुविधाहरु प्राप्त गर्न सक्ने जनाईएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर