प्रचण्ड भागबण्डाको बैठकमा व्यस्त भएपछि जनगणना प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ – Nepal Press

प्रचण्ड भागबण्डाको बैठकमा व्यस्त भएपछि जनगणना प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नआउँदा राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक कार्यक्रम अहिलेसम्म सुरू भएको छैन ।

तथ्यांक विभागले सोल्टी होटलमा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथिको रूपमा प्रधानमन्त्रीलाई निम्तो गरिएको थियो ।

बिहानै साढे ८ बजे सबै निम्तालु पुगिसकेका छन् । ९:५५ बाट औपचारिक कार्यक्रम सुरू गर्ने भनिएकोमा अहिलेसम्म कार्यक्रमको सुरसार छैन । एक घण्टासम्म कार्यक्रम सुरू नहुँदा सहभागीले निरासा जनाएका छन् ।

प्रधानमन्त्री गठबन्धनका केही नेतासँग बालुवाटारमा छलफलमा रहेको बताइएको छ । गठबन्धनमा भागबन्डालगायतका विषयमा प्रधानमन्त्रीले माधव नेपाल, उपेन्द्र यादवसँग भेटघाट गरेका छन् । अहिले कांग्रेस नेतासँग प्रधानमन्त्रीले छलफल गरिरहेको बालुवाटार स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर