कस्तो छ कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्य ? – Nepal Press

कस्तो छ कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्य ?

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका उनको भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचार भइरहेको छ ।

उपचारको ३६औँ दिनसम्म आइपुग्दा बिहीबार भण्डारीले अरुको सहयोगमा केही समय कुर्सीमा बस्ने र केही समय हिँड्डुल गर्न सुरू गरेका सहयोगी माधव न्यौपानेले जानकारी दिए ।

‘आज अरुको सहयोगमा आफैँ कुर्सीमा बस्नुका साथै तीन मिनेट हिँड्नुभयो’, न्यौपानेले भने ।

भण्डारीले राम्रोसँग बोल्न थालेको र स्मरणशक्ति ठीक अवस्थामा रहेको पनि बताइएको छ । कलमी गरेको छालाले राम्रो काम गरेकाले चाँडै निको हुने विश्वास लिइएको छ । फिजियोथेरापी पनि क्रमिकरूपमा भइरहेको छ ।

संक्रमण हुन नदिन अस्पताल प्रशासन र चिकित्सकले अन्य व्यक्तिलाई भेटघाटमा रोक लगाएका छन् ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर