कुन्जनाको अनुनय- कि सफाइ देऊ, कि सजाय – Nepal Press

कुन्जनाको अनुनय- कि सफाइ देऊ, कि सजाय

काठमाडौं । सीताराम कट्टेल ‘धुर्मुस’ पत्नी कुन्जना घिमिरे ‘सुन्तली’ ले चितवन क्रिकेट रंगशालाको विषयलाई लिएर सुन्नै नसकिने शब्दका गालीका कारण आफू मानसिकरूपमा विक्षित्प भएको बताएकी छन् ।

गएराति सामाजिक सञ्जालमा उनले भावुक स्टाटस लेखेकी छन् । कुन्जनाले सुन्ने र सहने शक्ति हराइसकेको भन्दै आफूलाई सफाइ या सजाय दिन अनुनयसमेत गरेकी छन् ।

राज्यसँग धेरै मन दुखेको भन्दै कुन्जनाले लेखेकी छन्, ‘अबको हरेक वार्ता खुलेआम रङ्गशालाको मैदानमा गरियोस् नाकि बन्द कोठामा । मलाई मेरो इन्बक्समा नग्न तस्बिरहरू पठाउन सुरूवात भएको छ, विभिन्न तुच्छ गालीको वर्षात् भइरहेको छ । म पनि मान्छे हु, धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’

यो पनि पढ्नुस् : चितवनकाे क्रिकेट रंगशाला अलपत्र पार्नेहरु : बाग्मती सरकारले कबुल्यो ३० करोड, दियो ३ करोड

उनले थपेकी छन्, ‘धुर्मुस जी ले केही समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौज सहदै आए र आज म मानसिक यातनाले विक्षिप्त भएको छु । अब सुन्ने र सहने शक्ति छैन म मा, कि मलाई सफाइ देउ कि सजाय ! तर जे गर्छौ छिटो गर ।’

चितवनको रंगशाला निर्माणका क्रममा यसका पहलकर्ता धुर्मुसलाई १८ करोडभन्दा बढी ऋण लागेको छ । रकम अभाव भएपछि उनले उधारोमा सामान झारेर काम गर्दा सो ऋण लागेको हो । सहयोगका लागि कबोल गर्नेहरूले पनि अहिले बेवास्ता गरेको उनी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *