तिलोत्तमा गोल्डकप: उपाधिकाे लागि सुदूरपश्चिम ११ र मनाङ मर्स्याङदी भिड्ने – Nepal Press

तिलोत्तमा गोल्डकप: उपाधिकाे लागि सुदूरपश्चिम ११ र मनाङ मर्स्याङदी भिड्ने

रुपन्देही । पेनाल्टी सुटआउटमा फ्रेन्ड्स क्लवलाई पन्छाउँदै मनाङ मर्स्याङदी क्लव बुटवलमा जारी २२औं तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको छ । यससँगै मनाङले शनिबार सुदूरपश्चिम ११ सँग उपाधि भिडन्त गर्ने भएको छ ।

बिहीबार भएको अन्तिम सेमिफाइनल निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेल नतिजाको टुंगो पेनाल्टीबाट लिइएको थियो । जसमा मनाङ ४-३ गोलले विजयी भयो ।

खेलमा सुरुवाती अग्रता भने फ्रेन्ड्स क्लबले लिएको थियो । पहिलो हाफको ७औं मिनेटमा फ्रेन्ड्सका रफिक अमिनोले गोल गरेका थिए । खेलको २६औं मिनेटमा लक्ष्मण रुचालको क्रसमा उत्तम राईले गोल गर्दै टीमलाई २-० को अग्रता दिलाए ।

तर, पहिलो हाफको इन्जुरी समयमा मनाङका आशिष गुरुङले गोल गर्दै टीमलाई २-१ को स्थितिमा ल्याए । पहिलो हाफसम्म २-१ को अग्रता बनाएको फ्रेन्ड्स क्लव दोस्रो हाफको २ मिनेटमै गोल खान पुग्यो । मनाङका प्रसन्न श्रेष्ठले बराबरी गोल गरे । त्यसपछि दुवै टीमबाट गोल हुन सकेन र नजिता पेनाल्टीबाट लिइएको थियो ।

दुई विभागीयसहित ८ टीम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार पाउने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ ।

गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले जनही ३० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचले ११ हजार १११ रुपैयाँ पुरस्कार पाउने संघका अध्यक्ष लोक पुनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *