भोलिदेखि धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव हुँदै – Nepal Press

भोलिदेखि धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव हुँदै

प्रधानमन्त्री नआउने भएपछि मुख्यमन्त्रीबाट उद्घाटन गराउने तयारी

कैलाली । भोलिबाट धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव आयोजना हुने भएको छ । भोलिदेखि १३ गतेसम्म आयोजना हुने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।

तर, अहिले प्रधानमन्त्री आउने सम्भावना क्षीण रहेको आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताए ।

प्रधानमन्त्री नआउने भएपछि भोली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहबाट महोत्सव उद्घाटनको तयारी भइरहेको छ ।

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमारलगायतका देशबाट गरी २०० बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ ।

महोत्सवमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने कार्यक्रम तय भएको छ । साहित्यकार झमकलाई रु एक लाख ११ हजार राशीको बद्री-कृष्णा वाङ्मय पुरस्कार प्रदान गरिने छ । महोत्सव आयोजनाका लागि ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर