दिगो विकास लक्ष्य प्राप्तिका लागि लुम्बिनीका सांसदहरुलाई अभिमुखिकरण सुरु – Nepal Press

दिगो विकास लक्ष्य प्राप्तिका लागि लुम्बिनीका सांसदहरुलाई अभिमुखिकरण सुरु

रूपन्देही । लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा रुपन्देहीको लुम्बिनीमा दिगो विकास लक्ष्य प्राप्तिका लागि श्रोत व्यवस्थापन सम्बन्धी प्रदेश सभा सदस्यहरुको भूमिका विषयक अभिमुखिकरण कार्यक्रम आजदेखि बुद्वजन्मस्थल लुम्बिनीमा सुरु भएको छ ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको सभापतित्व तथा मुख्यमन्त्री लिला गिरिको प्रमुख आतिथ्यतामा सुरु भएको अभिमुखीकरण दुई दिनसम्म संचालन हुने आयोजक प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुनले जानकारी दिए । अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लिला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ योजना र कार्यक्रम लक्षित गरिएको बताए ।

लुम्बिनी प्रदेशका समृद्धिका आधारहरु तय गर्दा नै सहश्राब्दी दिगो विकास लक्ष्य हासिल गर्नेतर्फ केन्द्रित गरिएको उल्लेख गर्दै मुख्यमन्त्री गिरीले राजनीतिक स्थायीत्वमार्फत विकासको लक्ष्य हासिल गर्दै जाने बताए ।

मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेश सरकारले दिगो विकास लक्ष्य हासिल गर्नेगरी योजनाबद्ध कार्यक्रम बनाइरहेको बताए ।
सभामुख तुलाराम घर्तीमगरले दिगो विकास लक्ष्य पूरा गर्नको लागि सबैको भूमिका आवश्यक रहने र प्रदेशको पनि लक्ष्य निर्धारण गरी काम गरिने बताए ।

दिगो विकास लक्ष्य अनुरुप प्रदेशको कानुन निर्माण गर्नु पर्ने धारणा राख्दै उनले त्यसको लागि सोही अनुसारको पहल गर्ने प्रतिवद्धतासमेत जनाए ।

विपक्षी दलका नेता डिल्ली चौधरीले नेपालको लागि सहयोग गर्ने दातृ निकायले जनतामुखी भएर योजना बनाउन नसकेको बताउँदै मुख्य लाभान्वित बर्गसम्म कार्यक्रम लैजान सुझाव दिए ।

युनडीपीका आर्थिक सल्लाहकार धर्म स्वर्णकारले दिगो विकास लक्ष्यअनुसार काम गर्न नीतिनिर्माताको महत्त्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, अर्थविज्ञ डा. स्वर्णीम वाग्ले अभिमुखीकरणमा सहजीकरण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर