कपिल शर्माको फिल्म ‘फ्लप’ – Nepal Press

कपिल शर्माको फिल्म ‘फ्लप’

काठमाडौं । शुक्रबारबाट रिलिजमा आएको कपिल शर्मा अभिनित चलचित्र ‘ज्वीगाटो’ बक्स अफिसमा फ्लप भएको छ ।

‘ज्वीगाटो’ ले कपिलको अभिनय रहेको अन्य पूर्व दुई चलचित्रहरु ‘किस किस को प्यार करूँ’ र ‘फिरङ्गी’ भन्दा कम ओपनिङ गरेको छ । रिलिजको ६ दिन कटिसक्दा पनि चलचित्रले सोचेजस्तो व्यापार नगरेपछि प्राय हलबाट चलचित्र उत्रिन थालेका छन् ।

नन्दिता दासले निर्देशन गरेको यो चलचित्रमा कपिललाई अभिनेत्री शाहना गोस्वामीले साथ दिएकी छन। शाहना चलचित्रमा कपिलकी श्रीमतीको रुपमा देखिएकी छन् ।

स्टान्डअप कमेडियन कपिल शर्मा, कमेडीको दुनियाँमा चर्चित पात्रको रुपमा गनिन्छन् । इन्डियाका यी चर्चित हाँस्यकलाकार जति कमेडीमा हिट छन्, त्यति नै चलचित्र नगरीमा फ्लप छन् भन्दा खासै फरक पर्दैन । कपिलले गरेका अहिलेसम्मका चलचित्रहरु कुनैले पनि बजार तताउन सकेका छैनन् ।

चलचित्र ‘ज्वीगाटो’ ले पनि त्यहीँ ट्रेण्ड फलो गरेको छ । रिलिजको ६ दिनमै चलचित्रले ‘सुपरफ्लप’को ट्याग पाएको छ । चलचित्रमा सोचेजस्तो सफलता प्राप्त गर्न नसकेका शर्माको यस चलचित्रले भने दर्शकमा राम्रो छाप छोड्ने धेरैको अनुमान थियो । तर उनको यो चलचित्रले पनि सोचेजस्तो व्यापार गर्न सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *