नेप्से परिसूचक १८ अंकले घट्यो – Nepal Press

नेप्से परिसूचक १८ अंकले घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा बन्द भएको छ ।

वुधबार १५.७६ अंकले शेयर घटेको बजारमा आज ४३ लाख ४० हजार २ सय ७० कित्ता सेयरको खरिदबिक्री हुँदा बजारमा १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारका आधारमा माया खोला हाइड्रोपावर कम्पनीले सर्वाधिक नाफा कमाएको छ । यसका साथै माया खोला हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सकिर्टसमेत लागेको छ । आज सर्वाधिक घाटा खानेमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छ ।

उपसमूहतर्फ रहने १३ वटै समूहको शेयर मूल्य घटेको छ । त्यस्तै, एनआईसी एशिया बैंकले २१ करोड ७४ लाख ६४ हजार ८६८ रुपैयाँ बराबरको कारोबारका साथ शीर्ष स्थान कायम गरेको छ ।

बिहीबार बजार पूँजीकरण भने २७ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर