ग्यालेक्सीले ए३४ फाइभ जी र ग्यालेक्सी ए५४ फाइभ जी ल्याउँदै, के के छन् विशेषता ? – Nepal Press

ग्यालेक्सीले ए३४ फाइभ जी र ग्यालेक्सी ए५४ फाइभ जी ल्याउँदै, के के छन् विशेषता ?

काठमाडौं । सामसङ ग्यालेक्सीले आफ्नो ए ३४ फाइभ जी र ग्यालेक्सी ए५४ फाइभ जी नेपालमा ल्याउने भएको छ । ग्यालेक्सी ए३४ फाइभ जी र ग्यालेक्सी ए५४ फाइभ जी विश्वव्यापी रूपमा बिक्री शुरु भइसकेका छन् । नेपाल पनि आउने पक्का भइसकेको नेपालका आधिकारिक वितरकले बताएका छन् ।

ग्यालेक्सी ए३४ फाइभ जी मा ४८ एमपि प्राइमरी क्यामरा र २ एमपी म्याक्रो लेन्सका साथ लन्च भइसकेको छ । ए ५४ मा ५ एमपी म्याक्रो लेन्ससहित ५० एमपी प्राइमरी र दुवै फोनमा ८ एमपीको अल्टा वाइड एङ्गल लेन्स जडित छ ।

लेन्सले नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रीकालीन फोटो/भिडियो, इन्हान्सड ओआइएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफी रहेको जनाइएको छ ।

दुवै ग्यालेक्सी स्मार्टफोनमा १२० हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएको, पानी र धुलो प्रतिरोधक आइपि ६७ र कर्निङ्ग गोरिल्ला ग्लास ५ सुरक्षण र सामसङ्गको सिग्नेचर नक्स सेक्युरिटी को साथ बजारमा बिक्रीका लागी सार्वजनिक गरिएको कम्पनीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर