‘काली काली’ मा गम्भीर र गजितको सहकार्य, साथमा मोडल समारिका – Nepal Press

‘काली काली’ मा गम्भीर र गजितको सहकार्य, साथमा मोडल समारिका

काठ्माडौं। गायक राजेश पायल राईको स्वरमा ‘काली काली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। टीएन आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोख्रेलले संगीत भरेका छन्।

गीतमा गजित विष्ट, गम्भीर विष्ट र मोडल समारिका ढकाल फिर्चड छन् । गजित र गम्भीर दुवै चल्तीका निर्देशक तथा कोरियोग्राफर हुन ।

गजितले चलचित्रमा समेत काम गरिसकेका छन्। सम्बन्धले यी दुई दाजुभाइ पनि हुन। लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा कम्मर मर्काएका छन्।

भिडियोलाई निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेका हुन्। टीएन आचार्यले नै निर्माण गरेको गीतलाई विकास नेपालले कोरियोग्राफी गरेका छन्।

‘द प्रिमियर प्रोडक्सन बाट सार्वजनिक भएको भिडियोमा अशोक थापाको एरेन्ज, मनोज दङ्गोलको मिक्सिङ र दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर