प्रधानमन्त्रीको दाबी- संविधान उल्टाउने कसरत भइरहेका छन् (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको दाबी- संविधान उल्टाउने कसरत भइरहेका छन् (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको व्यवस्थालाई उल्टाउने कसरत भइरहेको दाबी गरेका छन् ।

बुधबार राष्ट्रियसभामा दलितमाथि विभेद अन्त्यका लागि संकल्प प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले भने, ‘समाजमा सामाजिक जागरण र दलित मुक्तिको अभियान । समाजमा त्यो आन्दोलन प्रक्रिया अगाडि बढेन भने कानून विस्तारै निष्क्रिय हुँदै जाने, कानून निष्प्रभावी हुँदै जाने खतरा छ । विस्तारै ती कानून र संविधानको व्यवस्थालाई पनि उल्टाउने कसरत पनि सुरू हुनसक्छ ।’

उनले दलित र उत्पीडितहरूका विरुद्ध फेरि एकचोटि सामन्तवादतिर फर्काउने कसरतका भएको टिप्पणी गरे ।

‘अहिले पनि समाजमा हामीले विभिन्न कोणबाट संविधानमा भएका सकारात्मक व्यवस्थालाई सामान्तवादमाथि विजयी हासिल गरेर नेपाली जनताले बनाएको व्यवस्थाहरूलाई उल्टाउने कसरतहरू भइरहेका छन् । यी कसरतहरू पनि कहीँ न कहीँ दलित र उत्पीडितहरूका विरुद्ध फेरि एकचोटी सामन्तवादतिर फर्काउने कसरतका रूपमा पनि छन्’, उनले भने ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीको दाबी- संविधान उल्टाउने कसरत भइरहेका छन् (भिडिओ)

  1. अरू कसैले उल्टाउने प्रयास गर्नु र प्रचणडले संविधानको रक्षा गर्ने कुरा भन्दा उल्टाउनेहरू नै वेस छन् । प्रचणडले यस्ता जाली कुरा गरेर आफ्नो कमजोरी लुकाउने दाउमा लागेकाछन् ।

Leave a Reply to जनक चाैधरी Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर