पटनाको रेल स्टेशनमा ‘ब्ल्यू फिल्म’ चलेपछि….. – Nepal Press

पटनाको रेल स्टेशनमा ‘ब्ल्यू फिल्म’ चलेपछि…..

काठमाडौं । घटना आइतबार बिहानको हो । छिमेकी मुलुक भारतको पटनास्थित एक रेलवे स्टेशनको प्ल्याटफर्म नम्बर १० मा रेलको बारे जानकारी दिन जडित टीभी हेर्न यात्रु तँछाडमछाड गरिरहेका थिए । तर, टीभीले रेलबारे जानकारी दिइरहेको थिएन । टीभीमा ‘नीलो’ (ब्ल्यू) चलचित्र प्रसारण भइरहेको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार ९ः५६ मा सुरु भएको उक्त प्रसारण झन्डै ३ मिनेटसम्म बन्द भएन । उक्त घटनापछि स्टेशनका उक्त टीभीलगायतका सूचना पाटी व्यवस्थापन गर्दै आएको मेसर्स एम दत्ता स्टुडियो कम्पनी प्रालिविरुद्ध उजुरी दर्ता गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दानापुर आरपीएफका वरिष्ठ कमाण्डेन्ट प्रकाशकुमार पाण्डालाई उद्धृत गर्दै इन्डिया टुडेले रेलवे जन्क्सनमा रेलको आगमन र प्रस्थानबारे जानकारी दिने ठेक्का पाएको उक्त कम्पनीको कण्ट्र्याक्ट तत्काल रद्द गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ । घटनाबारे थप विवरण अनुसन्धानपछि मात्र आउने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर