रास्वपासँग महासंघले भन्यो- बाह्य क्षेत्र सुधार देखिएपनि अर्थतन्त्रको आन्तरिक स्वास्थ्य चिन्ताजनक छ – Nepal Press

रास्वपासँग महासंघले भन्यो- बाह्य क्षेत्र सुधार देखिएपनि अर्थतन्त्रको आन्तरिक स्वास्थ्य चिन्ताजनक छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सचिवालय टेकुमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग अर्थतन्त्रमा उत्पन्न समस्या एवं समाधानका उपायहरू सम्बन्धमा वृहत छलफल भएको छ ।

छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सहित पदाधिकारीहरू र सो दलका संसदीय दलका नेता डोलप्रसाद अर्यालको नेतृत्वमा आएको सांसद प्रतिनिधिमण्डलका छलफल भएको हो ।

अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा विस्तृत जानकारी गराए । बाह्य क्षेत्रमा केही सुधार देखिएमनि अर्थतन्त्रको आन्तरिक स्वास्थ्य भने चिन्ताजनक रहेको बताए ।

सार्कमा कतिपय देशको तुलनामा विदेशी मुद्रा संचिति, मुद्रास्फीति, आन्तरिक एवं वाह्य ऋणको अनुपातका हिसाबले नेपालको अर्थतन्त्र मजबुत देखिएमनि चर्को व्याज दर, तरलता संकट, निर्माण क्षेत्रमा आएको सुस्तता लगायतका इन्डिकेटरका कारण अर्थतन्त्रको स्वास्थ्य चिन्ता रहेको अध्यक्ष गोल्छाले बताए ।

अर्थतन्त्र गम्भीर संकटमा हुनुमा विशेष सरकारको आर्थिक नीति र केन्द्रीय बैंकको मौद्रिक नीति बीच तादात्म्यता नहुनु नै रहेको उद्योगीहरुले बताएका छन् ।

अध्यक्ष गोल्छाले सहकारी तथा लघुवित्त संस्थाहरूको प्रभावकारी नियमन गर्ने इस्यूलाई संसदमा प्रभावकारी ढंगबाट उठाउनु पर्ने सुझाव राखे ।

महासंघले आगामी दश वर्षको मुलुकको अर्थतन्त्र एक सय अर्ब डलर पुर्‍याउने, अतिरिक्त थप २२ लाख रोजगारी सृजना गर्ने लगायतका उद्देश्यले नेट २०३० सार्वजनिक गरेको र त्यसको कार्यान्वयनका लागि सरकारको समेत प्रतिबद्धता आएकाले यसलाई सफल पार्न स्वतन्त्र पार्टीको पनि सहयोग महत्त्वपूर्ण हुने गोल्छले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता अर्यालले मुलुकको अर्थतन्त्र, उद्योग व्यवसायका इस्यूहरु माथि छलफल एवं अध्ययन गर्न महासंघ आएको स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर