ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु – Nepal Press

ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

सुर्खेत । दैलेखमा मनकामना ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ । ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक कृष्ण चौधरी, लक्षिराम चौधरी र विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक डीएसपी किसोर लम्सालले जानकारी दिए । लम्सालका अनुसार सहचालक प्रकाश कुमाई घाइते भएका छन् ।

बुधवार नेपालगन्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ तालपोखरीमा दुर्घटना भएको हाे ।

ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर