नेविसंघको त्रिवि सभापतिमा एकैदिन तीन जनालाई मनोनयन गरिएको दुजाङको पत्र सार्वजनिक – Nepal Press

नेविसंघको त्रिवि सभापतिमा एकैदिन तीन जनालाई मनोनयन गरिएको दुजाङको पत्र सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले त्रिभुवन विश्वविद्यालय इकाई सभापतिको एकै पदमा तीन जनालाई मनोनीत गरेको पत्र सार्वजनिक भएपछि नेविसंघमा खैलाबैला मच्चिएको छ ।

शेर्पाले चैत ७ गतेको मितिमा काटेको पत्रमा गणेश भण्डारी,विष्णु बडैला र दीपकराज जोशीलाई त्रिवि समितिको सभापति मनोनीत गरेको उल्लेख छ ।

एकैदिन तीन जनालाई सभापति मनोनीत गरेर पठाइएको पत्रको औचित्य नरहेको भन्दै शेर्पाले तीनै जना अब नेविसंघको त्रिवि सभापति नरहेको बताएका छन् ।

सभापति मनोनीत गरिएकामध्ये दीपकराज जोशी र बडैला स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार समेत बनेका थिए । तर पछि त्रिवि इकाईका पूर्व सभापतिहरू हरि आचार्य, योगेन्द्र रावललगायतले महामन्त्री गगन थापा, बालकृष्ण खाण, वीरबहादुर बलायरलगायतका नेताहरूसँगको छलफलपछि आधिकारिक उम्मेदवार श्यामराज ओझा जिताउन अरूलाई मिलाएका थिए ।

सभापति शेर्पाले रावल सभापति रहेको इकाई समिति भंग गरेपछि त्रिविमा विवाद छ । नेविसंघका असन्तुष्ट पक्षले शेर्पाको राजीनामा माग्दै उनलाई सभापति स्वीकार गर्न मानेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर