मुस्लिम संघको चौथो महाधिवेशन जेठ २७ र २८ गते हुने – Nepal Press

मुस्लिम संघको चौथो महाधिवेशन जेठ २७ र २८ गते हुने

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल मुस्लिम संघको चौथो महाधिवेशन आगामी जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ ।

संघको आज बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । संघका कार्यवाहक अध्यक्ष अतावुल अन्सारीका अनुसार नेपाली कांग्रेसको भ्रातृ संगठनमध्ये नियमित महाधिवेशन गर्ने मुस्लिम संघले महाधिवेशनको मिति तय गरेर विगतको कार्यलाई निरन्तरता दिएको हो ।

संघका पूर्वअध्यक्ष एवं कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले बैठकले वर्तमान निर्वाचन प्रणालीले मुस्लिम समुदायलाई पछाडि पारेको ठहर गर्दै निर्वाचन कानून परिमार्जनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको बताए ।

उनका अनुसार केन्द्रीय हज कमिटीले हाजीहरूबाट चर्को शुल्क उठाउने गरेकाले शुल्क नियन्त्रणका लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *