जातीय भेदभाव उन्मुलन दिवसकै दिन छुवाछूत गरेको भन्दै वडासदस्यसहित ४ जनाविरुद्ध जाहेरी – Nepal Press

जातीय भेदभाव उन्मुलन दिवसकै दिन छुवाछूत गरेको भन्दै वडासदस्यसहित ४ जनाविरुद्ध जाहेरी

पोखरा । ५८ औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मुलन दिवसकै दिन जातीय छुवाछूत गरेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ का वडासदस्यसहित ४ जनाविरुद्ध जाहेरी परेको छ ।

वडासदस्य रामजी लामिछानेसहित सुजन लमिछाने, सरिता लामिछाने र सन्तोष परियारविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मंगलबार उजुरी परेको हो ।

निम्तो दिएको ब्रतबन्धको भोजमा जातीय भेदभावसहित गालीगलौज गरेको भन्दै नारायण दमै परियारले ४ जना विरुद्ध जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रवक्ता प्रहरी नायब निरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

‘जातीय छुवाछूतको विषयमा आज जाहेरी दर्ता भएको छ, उक्त विषयमा आवश्यक अनुसन्धान अघि बढाइसकेका छौं,’ प्रवक्ता विकले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर