मन्थली २ का वडाध्यक्ष सुरेन्द्र कार्की बने युवा संघ रामेछापको अध्यक्ष – Nepal Press

मन्थली २ का वडाध्यक्ष सुरेन्द्र कार्की बने युवा संघ रामेछापको अध्यक्ष

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको रामेछाप जिल्ला अध्यक्षमा सुरेन्द्र कार्की चयन भएका छन् । सोमबार र मंगलवार मन्थलीमा भएको जिल्ला अधिवेशनबाट मन्थली नगरपालिका वडा नम्बर २ का वडाध्यक्षसमेत रहेका कार्की अध्यक्ष चयन भएका हुन् ।

कमिटीको उपाध्यक्षमा मनिता सुनवार, सचिव शिव सागर मगर तथा सहसचिवमा रामहरी कार्की र बलराम थापा चयन भएका छन् भने कोषाध्यक्षमा दिपक भण्डारी चयन भएका छन् । अधिवेशनले युथफोर्सको प्रमुखमा रोशन लामा र साइबर सर्कलको प्रमुख आकाश खड्का चयन भएका छन् ।

युवासंघका अध्यक्ष किरण पौडेलले अधिवेशनको उद्घाटन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर