‘प्रसाद २’को ‘मार्सी धान’ रिलिज, केकी र विपिनसँगै सरोज र आश्माको ठुम्का (भिडिओ) – Nepal Press

‘प्रसाद २’को ‘मार्सी धान’ रिलिज, केकी र विपिनसँगै सरोज र आश्माको ठुम्का (भिडिओ)

काठमाडौं । चैतको २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक भएसँगै नै यसले चर्चा पनि पाइरहेको छ ।

यसैबीच फिल्ममा समावेश पहिलो गीत ‘मार्सी धान’ आज रिलिज गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा संगीत छ ।

लोकशैलीमा तयार पारिएको गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास गर्न सकिन्छ । यो गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका छन् ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारद्वय विपिन कार्की र केकीको अधिकारीको साथमा म्युजिक भिडिओमा जमेको जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य हेर्न सकिन्छ ।

फिल्ममा अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।

यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सुदर्शन लभ स्टोरी जमेका निर्देशक हुन् । उनले ‘धन्दा’पछि अर्को सामाजिक कथामा फिल्म बनाएका छन् ।

सुदर्शन बस्नेतको लगानीमा बनेको फिल्मको प्रस्तुतकर्ता सुवास थापा हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *