गिरिजाप्रसादलाई मान्छौँ भन्ने तर शान्ति प्रक्रियालाई नटुंग्याउने गर्न मिल्दैन : गगन थापा (भिडिओ) – Nepal Press

गिरिजाप्रसादलाई मान्छौँ भन्ने तर शान्ति प्रक्रियालाई नटुंग्याउने गर्न मिल्दैन : गगन थापा (भिडिओ)

‘सरकारलाई असफल हुने छुट छैन, अब जनताले हिसाब राख्छन्’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने सबैभन्दा ठुलो जिम्मवारी नेपाली कांग्रेसको भएको बताएका छन् ।

गिरिजाप्रसादको स्मृति दिवसमा प्रेस युनियनको विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै सबै एकजुट भएर शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनुपर्ने बताए ।

उनले भने, ‘गिरिजाप्रसाद कोइराला शान्ति प्रक्रियाको नायक हो । त्यसको केही बिषय हामीले टुंग्याएका छैनौँ । जसलाई हामी टुंग्याउने चरणमा छौं । हामीले गिरिजाप्रसादलाई मान्छौँ भन्दै जाने तर त्यसलाई टुंग्याएनौं भने त्यहाँनेर पनि हाम्रो मान्ने कुरा अपुरो हुन्छ ।’

उनले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन एमालेसहित सबै दलहरुलाई पनि एकजुट भएर लाग्न आग्रह गरे ।

‘शान्ति प्रक्रियाको संक्रमणकालिन न्यायसँग जोडिएको केही विषयहरु छन् । जुन विषयको सन्दर्भमा हामी प्रष्ट हुनुपर्छ । शान्ति प्रक्रिया हामी सबैको विषय हो । यसलाई टुंग्याउने सबैभन्दा महत्वपूर्ण जिम्मेवारी पनि कांग्रेसकै हो’ उनले भने, ‘माओवादी, एमालेसहित सबै दलहरुले तत्कालको नाफाघाटा नहेरी साझा विषयको रुपमा टुंग्याउनुपर्छ। तर, हामीलाई समयको छुट छैन ।’

उनले अब आफूहरु पनि सरकारमा भएकाले समस्याबाट पन्छिने छुट नभएको बताए । हिजोदेखि कांग्रेसको पनि समय सुरु भएको उल्लेख गर्दै अब पनि काम गर्न नसके जनताले हिसाब राख्ने बताए । उनले जनतामा निराशा छाएकाले सरकारलाई असफल हुने छुट नभएको उनको भनाइ छ ।

तस्बिरहरु : उमेश कार्की 

 


प्रतिक्रिया

One thought on “गिरिजाप्रसादलाई मान्छौँ भन्ने तर शान्ति प्रक्रियालाई नटुंग्याउने गर्न मिल्दैन : गगन थापा (भिडिओ)

  1. कोही नायक हैन मिस्टर । भारतले उचालेर जनयुद्व भएको थियो । उसैले रोक भन्यो रोकियो । अरू बीचकाले फुर्ती नलगाउ ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर