हिन्दुत्व सम्बन्धी ट्वीटका कारण कन्नडा अभिनेता चेतन कुमार पक्राउ – Nepal Press

हिन्दुत्व सम्बन्धी ट्वीटका कारण कन्नडा अभिनेता चेतन कुमार पक्राउ

काठमाडौं । सम्बन्धी ट्वीटका कन्नडा अभिनेता चेतन कुमार (चेतन अहिंसा)लाई बेंगलुर प्रहरीले पक्राउ गरेको छ ।

चेतनले सोमबार ‘हिन्दुत्व झूटमा आधारित छ’ भनेर लेखेको ट्वीटले उनलाई हिरासत पुर्याएको हो । उनलाई बेंगलुरको शेषाद्रिपुरम पुलिसले हिरासतमा लिएको छ । दलित तथा जनजाति अभियन्तासमेत रहेका चेतनलाई जिल्ला अदालतमा पेश गरिएको छ ।

मार्च २० मा उनले गरेको ट्वीट- ‘हिन्दुत्व झूटमा आधारित छ । सावरकर- भारतीय ‘राष्ट्र’ सुरु भयो जब रामले रावणलाई पराजित गरे अनि अयोध्या फर्के- झूट । १९९२- बाबरी मस्जिद रामाको जन्मस्थान- झूट । २०२३- उरिगौडा-नान्जेगौडा टिपुका हत्यारा हुन्

-झूट । हिन्दुत्वलाई सत्यले मात्र हराउन सकिन्छ। र सत्यता भनेको समानता हो ।’

उनले ट्वीट गरेको केही घण्टामै ‘हिन्दू समर्थक संगठन’ले उनको विरुद्धमा उजुरी दिएका थिए । र शेषाद्रिपुरम पुलिस स्टेशनमा एफआईआर दर्ता गराएका थिए । उजुरीमा ‘हिन्दुत्व झूटमा आधारित छ’ भन्ने उनको ट्वीटले कथित रूपमा हिन्दूहरूको भावनामा चोट पुर्याएको कुरा उल्लेख गरिएको छ । उनलाई धर्म वा धार्मिक विश्वासको अपमान गरेको र वर्गहरूबीच दुश्मनी बढाउने कार्य गरेको आरोप लागेको छ ।

यो उनको विरुद्धमा आएको पहिलो केस भने होइन । फेब्रुअरी २०२२ मा उनलाई कर्नाटक उच्च अदालतका न्यायाधीश कृष्ण दीक्षितमाथि आपत्तिजनक ट्वीट गरेको कारण पक्राउ गरिएको थियो । दीक्षित सो समय हिजाब मुद्दाको सुनुवाइ गरिरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर