टिस्टामा दुई नयाँ नहर बनाउन थालेपछि भारतविरूद्ध बंगलादेशमा आक्रोश – Nepal Press

टिस्टामा दुई नयाँ नहर बनाउन थालेपछि भारतविरूद्ध बंगलादेशमा आक्रोश

काठमाडौं । भारत हुँदै बंगलादेश पुग्ने टिस्टा नदीमा बंगलादेशलाई नसोधी भारतले दुई नयाँ नहर बनाउन लागेपछि बंगलादेशमा आलोचना भएको छ ।

टिस्टा बराजबाट दुई नयाँ नहर खोलेर पानी लैजाँदा बंगलादेशमा बग्ने पानी कम हुने र त्यसले कृषक र मत्स्यपालकलाई समस्या हुने भन्दै बंगलादेशमा विरोध भएको हो ।

बंगलादेशी मिडिया दैनिक डेल्ली स्टारले टिस्टा तनावबारे एक सम्पादकीय नै लेखेको छ ।

सम्पादकीयमा दुई देश भएर बग्ने नदीका कुनै निर्माणमा दुवै देशले छलफल गरेरमात्रै निर्णयमा पुग्नुपर्ने लेखिएको छ । भारतले बंगलादेशलाई कुनै जानकारी नदिई नयाँ नहरबाट पानी कटाउनु एक छिमेकीले गर्ने व्यवहार नभएको सम्पादकीयमा उल्लेख गरिएको छ ।

दुई करोड जनताको दैनिकीसँग जोडिएको टिस्टा पानीमा भारतको एकलौटी कदम भएको डेल्ली स्टारले लेखेको छ ।


प्रतिक्रिया

3 thoughts on “टिस्टामा दुई नयाँ नहर बनाउन थालेपछि भारतविरूद्ध बंगलादेशमा आक्रोश

  1. भारतले गर्न जानेकै यस्तै हो । यो त सबै छिमेकीले बहिस्कार गर्नुपर्ने देश हो ।

    1. अनि बङ्गलादेशले भारतको बिरोध गरेजस्तै भोली नेपालले नेपालका नदीहरूको पानी प्रयोग गर्दा भारतले बिरोध गर्यो भने के भन्नुहुन्छ ? त्यतिबेला पनि भारतकै बिरोध गर्ने होला । हैन ? अन्तरराष्ट्रीय नदीहरूमा अन्तरराष्ट्रीय कानून लागू हन्छ । त्यस अनुसार उपल्लो तटीय देशले पानी प्रयोग गर्दा तल्लो तटीय देशको सहमति लिनु पर्छ । नेपालले भारतसँग बिभिन्न नदी सन्धीहरू गरेको हामीले हाम्रो नदीका पानी प्रयोग गर्दा तल्लो तटीय देश भारतले बिरोध गर्न नपाउस भनेर हो । तर त्यसलाइ त नदी बेचेको भन्नुहुन्छ होला ?

    2. तल्लो तटिय क्षेत्रकालाई बर्षादमा राम्रै हुने हो तापनि हिउँदको लागि भने छिमेकी देशले कति पानी छाड्दा न्यायोचित हुने हो त्यसमा ख्याल राख्नै पर्छ, छिमेकको नाताले ! जयहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *