सरकारमा जान नेकपा एसका यस्ता शर्त (भिडिओ) – Nepal Press

सरकारमा जान नेकपा एसका यस्ता शर्त (भिडिओ)

भागबन्डा टुंगिएपछि मात्र मन्त्रालय दाबी गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने विषयमा औपचारिकरूपमा छलफल थालेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल भएको सम्मानित नेता झलनाथ खनालले बताए ।

उनले भने, ‘सरकारमा के नीति कार्यक्रमका साथ जाने ? हाम्रो पार्टीको निम्ति के कति हिस्सेदारी हुन्छ ? सबै कुराको टुंगो लागेपछि मात्रै हामी सरकारमा जाने निर्णय गर्छौँ । त्यसको लागि अध्यक्षज्यूको नेतृत्वको टीमले कुराकानी गर्छ । त्यो प्याकेजअनुसार हामी निर्णय गर्छौं ।’

गठबन्धनमा भागबन्डा मिलेपछिमात्रै औपचारिकरूपमा सरकारमा जाने उनले बताए ।

‘सरकारमा कुन नीति, सिद्धान्त र कार्यक्रमको लागि जान्छौं । त्यो टुंगिएपछिमात्रै हामी मन्त्रालयको संख्यामा जान्छौं’ उनले भने ।

यसअघि नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे अब गठबन्धनमा रोज्ने पालो आफ्नो भएकाले गृहसहित तीन महत्वपूर्ण मन्त्रालयमा आफ्नो पार्टीको दाबी रहने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर