८४ करोडको लगानीमा नयाँ एयरलाइन्स आउँदै, ३ वटा जहाज किनेर उडान भर्ने – Nepal Press

८४ करोडको लगानीमा नयाँ एयरलाइन्स आउँदै, ३ वटा जहाज किनेर उडान भर्ने

काठमाडौं । नेपालमा नयाँ एयरलाइन्स कम्पनी आउने भएको छ ।

शिवम् एयरलाइन्स नयाँ एयरलाइन्सको रूपमा आउन लागेको हो । उद्योग विभागमा शिवम् एयरलाइन्स दर्ता भएर सञ्चालनको प्रक्रियामा रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शिवम् एयरलाइन्सलाई २०७८ फागुन अन्तिममै उडान अनुमति दिएको थियो ।

उद्योग विभागमा दिनेश आचार्यको नाममा उद्योग दर्ता भएको छ । ८४ करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी भएको शिवम् एयरलाइन्सले ९८ जनालाई रोजगारी दिनेगरी विभागमा दर्ता भएको हो । ३ वटा जहाज किनेर उडान भर्ने छ ।

कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडानका लागि लिनुपर्ने अनुमतिको प्रक्रिया अगाडि बढाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर